कोल्हुवा । मध्यविन्दुका अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
कावासोती वितरण केन्द्रले कोल्हुवा र अरुणखोला फिडरको लोड व्यवस्थापन, अन्डर ग्राउण्ड चार्ज, र बुश कटिंगका लागि लाइन निर्माण तथा मर्मत कार्य गर्नुपर्ने भएकाले भोलि बिहान ( शुक्रबार ) १० बजेदेखी साझा ५ बजे सम्म विद्युत सेवा अवरुद्व हुने भएको हो ।
भोलि मध्यविन्दुका अधिकांश कोल्हुवा, चोरमारा र अरुणखोला लगायतका स्थानमा विद्युत सेवा अवरुद्व हुने विद्युत् प्राधिकरण वितरण केन्द्र, कावासोतीले जानकारी दिएको छ । साथै, कार्तिक १४ गतेसम्म विभिन्न स्थानमा ट्रान्सफर्मर मर्मतको लागि आवश्यक अनुसार लाईन शटडाउन हुने जानकारी समेत वितरण केन्द्र कावसोतीले जनाएको छ ।