२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा स्कुटर दुर्घटना: चालक र पछाडी सवार घाइते

२०८१ कार्तिक १७, शनिबार प्रकाशित ( हफ्ता अघि) १२६६ पाठक संख्या

कावासोती । शनिबार बिहान १०:०० बजे कावासोती नगरपालिकाको वडा नं ८ खरकट्टामा रहेको पूर्व-पश्चिम राजमार्गमा स्कुटर दुर्घटना भएको छ ।

गैडाकोटबाट कावासोती तर्फ आउँदै गरेको ना ४४ च ५९७ नम्बरको स्कुटर चालकले अचानक नियन्त्रण गुमाएर स्कुटर पल्टिदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका चालक ३५ वर्षीय प्रतिमा गुरुङ गैडाकोट नगरपालिकाका निवासी हुन् । उनीसँगै स्कुटरमा रहेका १३ वर्षीय आशिका ठाडा कावासोती नगरपालिका वडा ३ निवासी हुन् । दुबैलाई नवलपुर अस्पताल कावासोतीमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनापछि स्कुटरलाई नियन्त्रणमा लिइएको छ र घटना स्थलमा प्रहरीले उपस्थिति जनाई आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१०%

प्रतिक्रिया दिनुहोस