२०८१ मंसिर ६, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा घरायसी विवादका क्रममा घाइते, उपचारका लागी चितवन रिफर

२०८१ कार्तिक १८, आईतबार प्रकाशित ( हफ्ता अघि) ७७८ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा श्रीमानश्रीमती बीच घरायसी विवादका कारण आफ्नै हातमा चकु प्रहार गरेर श्रीमान घाइते भएका छन्।

जिल्लाको मध्यविन्दु नगरपालिका–१२, भुपु टोलमा आज साँझ ७:२० बजे घरायसी विवादका क्रममा ३६ वर्षीय भीमबहादुर पुनले चक्कु प्रहार गरेका हुन् ।

उनकी पत्नी फुलमाया पुन बीच विवादले उग्र रूप लिँदा भिमले आफ्नो बायाँ हातको नाडीमा चक्कु लगाएर घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि भिमलाई तत्काल मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार गरिएको छ । तर, उनको चोट गम्भीर भएकाले थप उपचारका लागि उनलाई नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%४%

प्रतिक्रिया दिनुहोस