२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा घरको छतबाट १८ महिने शिशु खसेर घाइते

२०८१ कार्तिक १९, सोमबार प्रकाशित ( हफ्ता अघि) ४५५९ पाठक संख्या

कावासोती – आइतबार दिउँसो १:३० बजेको समयमा गैंडाकोट ५ कालिका चोकमा बस्ने बन बहादुर खत्रीको १८ महिनाकी छोरी सलिना खत्री घरको छतबाट खस्दा घाइते भएकी छिन्।

सलिना आफ्ना मामा अर्जुन गिरीको ३ तले घरको दोस्रो तलाबाट पहिलो तल्लामा खसेकी हुन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, सलिनालाई टाउकोमा भित्री चोट लागेको छ भने अन्य चोटहरु मध्यम रहेको बताइएको छ।

घाइते सलिनालाई उपचारका लागि सरकारी अस्पताल भरतपुरमा भर्ना गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%४%१%६८%५%

प्रतिक्रिया दिनुहोस