२०८१ कार्तिक २९, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा नवौँ एकादशी सांस्कृतिक मेला २०८१ सुरु

२०८१ कार्तिक २४, शनिबार प्रकाशित ( दिन अघि) २८९ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली १ केउरेनीमा आज शनिबारदेखि नवौँ संस्करणको एकादशी सांस्कृतिक रमाइलो तथा पर्यटन मेला २०८१ सुरु भएको छ।

देवचुली नगरपालिकाकै गौरवको रूपमा आयोजना हुने यो मेला यसपटक पनि निरन्तरता दिइएको छ । नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा मेला उद्घाटन गरिएको हो। मेला आगामी २७ गते मङ्गलबारसम्म सञ्चालन हुनेछ।

मेलामा १ सय ५० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ, जहाँ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । साथै, नारायणी नदीको तटीय क्षेत्रलाई जैविक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्य छ।

पहिलो दिन देवचुली १ केउरेनी चोकबाट बाजागाजा सहित विभिन्न जातजाति र समूहका पहिरन र झाँकीहरूको शोभायात्रा निकालीएको थियो। ४ दिनसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुतिहरू पनि रहनेछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस