विवेक भण्डारी
देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नं: २, ३ र ४ मा मंगलबार बिहानदेखि गैँडा बस्तीमा पस्दा बस्तीमा त्रास फैलिएको छ। मध्यवर्ती क्षेत्र भित्र रहेको गैँडा बस्ती प्रवेश गरेपछि देवचुलीका विभिन्न वडामा गैँडाको आतंक मच्चिएको हो । चार दिनअघि मध्यवर्ती क्षेत्रमा भएको होहल्लाका कारण गैँडा बस्तीमा पसेको जानकारहरूले बताएका छन्।
मध्यवर्ती सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेका अनुसार, मध्यवर्ती क्षेत्रमा भइरहेको होहल्लाका कारण गैँडा बस्तीमा प्रवेश गरेको हो। मलाई केहि समय अघि देवचुली वडा नं २ का अध्यक्षले फोन गर्नुभएको थियो, उहाँले फोन गर्न साथ हात्ति तयनाथ थियो तर गैँडा गएको खबर पाए पछि रोक्यौ ।
अध्यक्ष पाण्डेका अनुसार, अहिले नारायणी तटमा भइरहेको होहल्लाले निकुञ्जको गैँडा बस्तीमा प्रवेश गराएको छ । हामीले साँझ ६ बजेपछि होहल्ला बन्द गर्न अनुरोध गरेका थियौं, तर निश्चित समय भन्दा लामो समयसम्म होहल्ला जारी रह्यो र यसले बन्यजन्तुलाई असर पारेको छ, अध्यक्ष पाण्डेले भने।
एकादशी मेला भन्दै मेला भन्दै चार दिन अघि देखि देवचुली १ नारायणी किनारमा एकादशी मेला आयोना भएको छ । समय अघावै मध्यवर्ति क्षेत्रमा होहल्लाका कारण गैँडा बस्ती पसेको संरक्षणकर्मिहरुले बताएका छन् ।