कावासोती । नवलपुरको कावासोतीमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएकी छन् ।
कावासोती नगरपालिका – १५ स्थित गोडार मन्दिरचोकमा सनिवार मोटरसाइकलको ठक्करले ६ वर्षीया जेनिसा रिमाल घाइते भएकी हुन् ।
प्रहरीका अनुसार, गोडारबाट ब्रह्मस्थानतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ प १८२३ नम्बरको मोटरसाइकलले खेलिरहेका जेनिसा रिमाललाई ठक्कर दिएको हो।
सडकको छेउमा खेलिरहेको अवस्थामा उनलाई अचानक ठक्कर लाग्दा घाइते भएकी रिमाललाई तुरुन्तै मध्यविन्दु जिल्ला अस्पतालमा पुर्याएको छ । अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।