२०८१ मंसिर ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडा गाउँ पसेर बाली नष्ट, स्थानीय समुदाय चिन्तित

२०८१ मंसिर ६, बिहिबार प्रकाशित ( घण्टा अघि) २२ पाठक संख्या

कल्पना कुँवर

कावासोती । नवलपुरको नारायणी नदीसँग जोडिएका निकुञ्ज आसपासका ठाउँमा गैंडा पसेर किसानले लगाएको बालीनाली खान थालेपछि स्थानीय त्रसित र चिन्तित भएका छन् । जाडो बढेसँगै गैंडा बस्तितर्फ पस्न लागेको स्थानियले बताएका छन् ।

केही दिनदेखि चितवन राष्टिय निकुञ्जबाट निस्केका गैडाले बिनयीत्रिबेणी गाउँपालिका, गैंडाकोट, देबचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रमा मकै बाली, गहूँबाली, तोरी लगायतका अन्नबालीमा पसेर बाली खाने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाईने चिन्ताले किसानलाई पिरोलेको गैंडाकोट नगरपालिका वडा नम्बर ७ का ईश्वरी चापागाईंले बताउनुभयो ।

जाडोयाम लागेसँगै गैंडा निकुञ्जबाट घाम ताप्‍न बाहिर निस्कने र किसानले लगाएको हिउँदे बाली नष्ट गर्ने गरेको छ । यो समय गैंडाबाट बाली र मानिसको ज्यान समेत खतरामा पर्ने भएकाले सर्तकता अपनाउन पिठौली मध्यबर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री पौडेलले अनुरोध गर्नुभएको छ ।

जाडोको समयमा गैंडा निकुञ्ज आसपासका बस्तीहरुमा पस्न थालेसँगै अन्न बालीमा समेत क्षति पुर्‍याउनुका साथै गैंडाको आक्रमणमा परि केही स्थानीय घाईते समेत भएका छन् । गैंडाले बिशेष गरेर मकै खेतीमा नराम्ररी क्षति पुर्‍याएको छ भने तोरी, फापर, गहुबालीमा समेत ठुलो मात्रामा क्षति पुर्‍याएको रजहरका स्थानीयले गुनासो गरेका छन् ।

गैंडाकोटका प्रकाश भुषालले गैंडाकोट नगरपालिकाको वडा नं। ६ मा करीब १८ बिगहा क्षेत्रफलामा किसानले लगाएको मकै बाली गैंडाले नष्ट पारेको बताउनुभयो ।

गैंडालाई गाउँ पस्नबाट रोक्न चार बर्षअघि गैंडाकोटका किसानले बिद्युतीय धराप थाप्दा गैंडाको ज्यान नै गएको थियो, जसका कारण स्थानीय किसानलाई गैंडा मुद्दामा जेल समेत जानुपरेको थियो ।

अहिले भने किसान गैंडा पसे पछि टुलुटुलु हेर्ने र घरभित्र पसेर बस्नु बाहेक अर्को बिकल्प नरहेको कावासोती नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष शारदा प्रसाद अधिकारीले बताउनुभयो ।

यसैबीच चितवन राष्टिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीले आसपासका स्थानीयलाई सचेतना अपनाउन आग्रह गर्दै सचेतना अभियान शुरु गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस