नारायण शर्मा
दाउन्ने —पूर्वी नवलपरासीअन्तर्गत महेन्द्र राजमार्गको दाउन्ने सडक अवरुद्ध बनेको छ । सडक फराकिलो बनाउने कामका कारण यहाँ सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको थियो ।
त्यसमाथि निर्माणका क्रममा रहेको सडकमा खनिएका ठूल्ठूला खाल्डाका कारण त्यहाँ मालवाहक सवारीसाधनहरू भासिएर सडक जाम हुँदै आएको छ ।
लामो सडक जाम परेपछि यात्रुहरूलाई सास्ती हुने गरेको छ । सडकमा ठूला सवारी साधन भासिएर घण्टौँ जाम परेपछि गाडी छाडेर यात्रुहरू पैदल यात्रा गरिरहेका छन् । उक्त सडक खण्डमा दुम्कीवासबाट बर्दघाट निस्किन करिब चार घण्टा पैदल यात्रा गर्न परेको अधिवक्तासमेत रहेका यात्रु इजहार शेखले बताए ।
राजमार्गमा प्रहरी समेत छैन । सवारी फसेका छन् । यात्रुहरूको बिजोग भएको छ,ु उनले भने । दाउन्ने बजारदेखि पूर्व दुम्कीवाससम्ममा पर्ने पहाडमा पुल निर्माणका लागि भन्दै ७ स्थानमा सडकमा ठूल्ठूला खाल्डा बनाइएको छ । महेन्द्रराजमार्ग अन्तर्गत दाउन्ने पहाडमा १४ किलोमिटर सडक खण्ड पर्दछ ।