२०८१ पौष २६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२०८१ पौष २६, शुक्रबार प्रकाशित ( घण्टा अघि) ३६२ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका, दुम्किबास स्थित विनयी खोलाको पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझ करिब ५ बजेको समयमा पुलको बीच भाग भासिएपछि यातायात सञ्चालन गर्न नसकिएको हो ।

यसरी यातायात अवरुद्ध भएपछि स्थानीय प्रशासनले तात्कालिक रूपमा डाइभर्सन निर्माण गर्न थालेको जनाएको छ । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार, “पुल मर्मत गरी सञ्चालन गर्न अहिलेको अवस्थामा सम्भव छैन, त्यसैले डाइभर्सन निर्माणको प्रक्रिया अघि बढाइएको छ । यातायात सुचारु गर्न केही समय लाग्नेछ, भन्नुभयो।

पुल भासिनु ठूलो संकट बनिरहेको र स्थानीय प्रशासनलाई यातायातको अवरोधको समाधानको प्रयासमा लागिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस