२०८१ माघ ९, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा दुर्घटनामा १ जनाको मृत्यु, बस र चालक नियन्त्रणमा

२०८१ माघ ५, शनिबार प्रकाशित ( दिन अघि) ३२९६ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती ३ स्थित सभापति चोकमा भएको सवारी दुर्घटनामा ७० वर्षीय मानबहादुर सुनारको गएराति उपचारका क्रममा मृत्यु भएको छ।

दिल्लीबाट काठमाडौंको लागि छुटेको लु २ ख ६८३३ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको थियो। घटनामा घाइते भएका कावासोती ३ का निवासी सुनारलाई चितवनस्थित अस्पतालमा उपचारका लागि लिइएको थियो, जहाँ राति उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

दुर्घटनामा संलग्न बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%२५%१%

प्रतिक्रिया दिनुहोस