२०८१ माघ १८, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगर अस्पताललाई १ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

२०८१ माघ १८, शुक्रबार प्रकाशित ( घण्टा अघि) १४८ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु – ७ चोरमारा स्थित मध्यविन्दु नगर अस्पताललाई आज लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनले १ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

उक्त सामग्री लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका अन्तर्राष्ट्रिय निर्देशक लायन्स बालकृष्ण बुर्लाकोटीले मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरणमा ३ वटा इलेक्ट्रिक डेलिभरी बेड, ३ वटा बेबी वार्मर, ३ वटा ओटी लाइट सिंगल डोम, १० वटा डेलिभरी सेट ( इलेक्ट्रिक ) , १० वटा आईयूडी सेट, १० वटा एपिसियोटोमी सेट, १० वटा इलेक्ट्रिक अस्पताल बेड, १० वटा ३-सीटेड चेयर, १ वटा यूएसजी स्क्यानर एढ , १५ वटा डोप्लर-बिस्टोस, ६ वटा एयर कन्डिशनर, ३ वटा वाशिङ मेशिनलगायतका सामग्री हस्तान्तरण गरिएको थियो।1738328380902कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारीले लायन्स क्लबका सम्पूर्ण सदस्यलाई धन्यवाद दिँदै भविष्यमा पनि मिलेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले ३० लाख रुपैयाँको साझेदारीमा १ करोड २५ लाख रुपैयाँ बराबरको उपकरण सहयोग प्राप्त गरेको जानकारी दिनुभयो। यस सहयोगले नागरिकको स्वास्थ्य सुविधामा सुधार ल्याउन मद्दत पुग्ने बताउँदै उहाँले उपकरणको सही सदुपयोग गर्न कुरामा जोड दिनुभयो।

1738328316875कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका एरिया लिडर लायन्स राजन लम्सालले स्वास्थ्य सामाग्रीको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गर्दै, मध्यविन्दु नगरपालिका सँग समन्वय गरेर कार्य गर्न सधै तयार रहेको जनाउनुभयो। उहाँले सहयोग गर्नेमाझ आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यहरु निरन्तर जारी राख्ने आशा व्यक्त गर्नुभयो। कार्यक्रम लायन्स नवलपुरका अध्यक्ष होमनाथ जैसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

1738328372062

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस