कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं: १ का अध्यक्ष तवारक अहमद मियाको निधन भएको छ ।
राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मियाको गैँडाकोटमा युवासंघको अधिवेशनमा सहभागि भैरहेको बेला हृदयघातका कारण मृत्यु भएको हो ।
गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा चलिरहेको राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर स्टेजबाट ओर्लिए लगत्तै मिया कुर्चीमा लडेका थिए ।
घटना लगत्तै उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । मियाको उपचारको क्रममा दिउसो २:४२ वजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । ३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा हुनुहुन्छ ।