चोरमारा – पूर्व – पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेमा सवारीसाधन चिप्लिन थालेपछि लामो जाम लागेको छ ।
बुटवल- नारायणगढ सडक खण्डको दाउन्ने खण्डमा जारी सडक बिस्तारका क्रममा कल्भर्ट र पहाड काट्ने क्रममा निस्किएको पानीका कारण सडक चिप्लो भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जाराका अनुसार ठूला र मालबाहक सवारी उकालो र ओरालो सडकमा चिप्लिएपछि सवारी आवागमन प्रभावित भएको छ। यसले गर्दा यात्रुबाहक सवारी र साना सवारी पनि जाममा फसेका छन्। प्रहरीले तत्काल समस्या समाधानका लागि प्रयास गरिरहेको जानकारी दिएको छ ।