कावासोती । नवलपुरको कावासोती हल चोकमा आज दिउँसो सवारी दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकल र लोकल बस एकआपसमा ठोकिन पुग्दा मोटरसाइकल चालक हसौराका २५ वर्षीय नेत्र बहादुर सिजाली घाइते भएका छन्।
उनलाई मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, नवलपुरको गैडाकोट ५ गणेश मन्दिरमा स्कुटी दुर्घटना हुँदा २९ वर्षीय नेत्र सापकोटा घाइते भएका छन्। उनलाई भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।