२०८१ फागुन २८, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुर महोत्सव फागुन १७ गतेसम्म लम्बियो

२०८१ फागुन १०, शनिबार प्रकाशित ( हफ्ता अघि) ६७१ पाठक संख्या

कावासोती – कावासोती – १६, डण्डामा माघ २५ गतेदेखि सुरु भएको आठौं नवलपुर महोत्सव फागुन १७ गतेसम्म लम्बिएको छ।

यसअघि फागुन १० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सवको अवधि एक साताले थपिएको हो। नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोखरेलका अनुसार दर्शकको उल्लेखनीय सहभागिता देखिएकोले महोत्सवको अवधि बढाइएको हो।

महोत्सवमा हालसम्म करिब ५० हजार दर्शकले अवलोकन गरिसकेको आयोजकको दाबी छ। विशेष गरी महोत्सवमा राखिएको ‘फिस टनेल’ दर्शकमाझ लोकप्रिय बनेको छ ।  सोहि कारण महोत्सव लम्ब्याइएको संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षणमध्ये एक बनेको छ। अहिलेसम्म बद्री पंगेनी, रचना रिमाल, एलिना चौहान, पशुपति शर्मा, रमेशराज भट्टराई, अर्जुन सापकोटा लगायतका कलाकारले प्रस्तुति दिइसकेका छन्। आयोजकका अनुसार शनिबार गायक दुर्गेश थापाले प्रस्तुति दिनेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस