२०८२ बैशाख ६, शनिबार
नयाँ
पछिला अपडेट

सिटीजन्स बैंक अमरापुरी शाखाद्वारा वार्षिक उत्सवमा रक्तदान तथा सेवा सुविधा अफर

२०८२ बैशाख ४, बिहिबार प्रकाशित ( दिन अघि) १९२ पाठक संख्या

नवलपुर । सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडको अमरापुरी शाखाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । १८ औँ वार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागिएको रक्तदान कार्यक्रम यही वैशाख ५ गते अमरापुरीस्थित शाखा कार्यालयमै हुने बैंकले जनाएको छ।

कार्यक्रमबारे जानकारी गराउँदै शाखा प्रमुख हरिप्रसाद अधिकारीले स्वास्थ्य र समाजप्रति बैंकको उत्तरदायित्व बहन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो। “हामी केवल वित्तीय सेवा प्रदान गरेर मात्र सीमित रहँदैनौं, उहाँले भन्नुभयो समुदायको सेवा र कल्याणमा पनि हाम्रो सक्रिय भूमिका रहन्छ ।

कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही, स्थानीय बासिन्दा तथा युवाहरूलाई रक्तदानमा सहभागी गराउने तयारी गरिएको छ। यसबाट समुदायमा रक्तदानप्रति चेतना अभिवृद्धि हुने विश्वास लिएको अमरापुरीका शाखा प्रमुख अधिकारीले बताउनुभयो।

बैंकको सहकार्यमा अमरापुरी युवा समाज, स्थानिय स्वयंसेवी संघसंस्थाहरू तथा रक्तसञ्चार कावासोती शाखा केन्द्रले प्राविधिक सहयोग प्रदान गर्नेछन्। कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बताइएको छ।

सिटीजन्स बैंकले विगत केही वर्षदेखि विभिन्न शाखाहरूबाट रक्तदान, वृक्षरोपण, स्वास्थ्य शिविर तथा वित्तीय साक्षरता कार्यक्रमजस्ता सामाजिक क्रियाकलाप गर्दै आएको छ। अमरापुरी शाखाले पनि स्थापना भएको देखिनै स्थानीयस्तरमा सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

सेवामा छुट र क्याशब्याकको अफर

वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न सेवा सुविधा पनि सार्वजनिक गरेको छ। शाखाबाट डीम्याट खाता खोल्दा तथा मोबाइल बैंकिङ सेवा नवीकरण गर्दा विशेष छुट प्रदान गरिने भएको छ। त्यस्तै, फोन पेमार्फत भुक्तानी गर्दा ग्राहकलाई क्याशब्याकको सुविधा समेत उपलब्ध गराइनेछ।

शाखा प्रमुख अधिकारीका अनुसार, “हाम्रा सेवाग्राहीलाई थप सहजता र लाभ पुर्‍याउने उद्देश्यले वार्षिक उत्सवकै अवसर पारेर यो अफर ल्याएका हौं।” उक्त अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले सेवाग्राहीहरूलाई समयमै सेवा लिन आग्रह गरिएको छ । गत वर्षदेखि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको सिटिजन बैंकले अघिल्ला वर्षमा पनि उत्कृष्टता प्रमाणित गर्दै “बैंक अफ द इयर” २०२४ उपाधि प्राप्त गरेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस