२०८२ बैशाख १३, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्याङ्की निर्माणको क्रममा पर्खाल भत्किँदा एकको मृत्यु, तीन घाइते

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित ( दिन अघि) ५३६ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा ढुङ्गाको पर्खाल भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–१४ निवासी २४ वर्षीय नवीन सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । गम्भीर घाईते सिंजालीको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेहरूमा सोही ठाउँकै २८ वर्षीय कुमार परियार, २४ वर्षीय ज्ञानेन्द्र बयाम्बु र ५० वर्षीय कृष्णबहादुर बयाम्बु रहेका छन् । कुमार परियारको भरतपुर र अन्य दुई जनाको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रवार बिहान ९ः४५ बजे तिर देवचुली नगरपालिका–६ मुण्डेस्थित धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको फिल्टर प्लान्ट ट्याङ्कीको ढलान गर्ने क्रममा ट्याङ्कीको ढुङ्गाको पर्खाल भत्किँदा उक्त घटना भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस