२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

१५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसमा ब्याग बितरण

२०७५ मंसिर २०, बिहिबार प्रकाशित ( साल अघि) १३३४ पाठक संख्या
उमेश बि.क / सरावल ,२० मंसिर
नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा एक कार्यक्रम बिच स्वयंसेविकाहरुलाई ब्याग बितरण बितरण गरिएको छ । सरावल गाउँपालिकाकाे अायाेजनामा आयोजित सो कार्यक्रम सरावल गाउँपालिका उपप्रमुख उतमा रायको अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा स्वयंसेविकाहरुलाई ब्याग बितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वास्थ्य, समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ मुलुक भरका महिला स्वास्थ्य स्वयंसेविकाहरुले बुधबार दिवस मनाएका हुन् । कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले कार्यक्रमलाई मर्यादित बनाई उच्च जन्मदर, शिशु तथा वाल मृत्युदर र मातृ मृत्युदर कम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूले परिवार नियोजन, खोप, गर्भवती जाँच तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउन परामर्श, मायाको अङ्गालोबारे जनचेतना, शिशु सुरक्षाका लागि नाभी मलम, सुत्केरी पछि आमाको रक्तश्राव रोक्न मिसोप्रोस्टल ट्याब्लेट वितरण, भिटामिन ए वितरण, झाडापखालाका बिरामीहरूलाई पुर्नजलिय झोल तथा जिङ्क वितरण जस्ता महत्त्वपूर्ण कार्य गर्दै आएकोमा धन्यवाद दिदै अाफुले स्वास्थ्य कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेकाे प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा सरावल गाउँपालिका कार्यकारी अधिकृत झबेश्वर रेग्मी , वडा नं.३ वडा अध्यक्ष अणेन्द्र राय, गाउँपालिका कार्यसमिति सदस्य जाेखु प्रसाद गाैड, स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटा ,स्वास्थ्यशाखा सहसंयाेजक बाबुराम तिमिलसेना,सरावल हेल्थपाेस्ट ईन्चार्ज अम्बिका मण्डल ,मनरी हेल्थपाेस्ट ईन्चार्ज हाेम प्रसाद पाण्डे ,महिला स्वास्थ्य स्वयंसेविका शान्ति शर्मा ,अारति मुसहर लगाएतले बाेल्नुभएकाे थियाे। कार्यक्रममा उत्कृष्ट ७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र सहित दसल्ला अाेढाइ सम्मान गरिएको थियाे।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस