२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोती मेयर कप सुरु, उद्घाटन खेलमा वडा नंबर ४ द्वारा १६ माथि एक दर्जन गोल

२०७५ मंसिर २२, शनिबार प्रकाशित ( साल अघि) १२९४ पाठक संख्या

बिजय चालिसे 
मङ्सिर, २२, कावासोती ।  कावासोती नगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगितामा वडा नंबर ४ ले बिजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा कावासोती १६ लाई १२–० गोलको फराकिलो अन्तरले पाखा लगाउदै वडा नंबर ४ ले शानदार बिजयी सुरुवात गरेको हो । पहिलो हाफमा ४ गोलले पछि परेको वडा नंबर १६ ले दोस्रो हाफमा थप ८ गोल खान पुग्यो । वडा नंबर ४ को तर्फबाट नविन महत्तो एक्लैले ७ गोल गरे ।

प्रतियोगिता अन्तर्गत भोली २ खेल हुँदैछन । भोली हुने पहिलो खेलमा मध्यान्ह १२ बजे कावासोती ७ र १४ भिड्ने छन् भने दिउसो २ बजे वडा नंबर १ र ११ विच प्रतिस्पर्धा हुने जिल्ला फुटवल संघ नवलपरासीका अध्यक्ष सेतमान पुनले बताउनुभयो कावासोती नगरका १७ वटै वडाको सहभागिता रहेको मेयर कप फुटबल प्रतियोगिता पुस २ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको प्रथम हुनेले ७५ हजार, द्धितिय हुनेले ४० हजार र सेमिफाइनलमा पराजित हुने दुई टिमलाई १०÷१० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । नवलपरासी जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा कावासोती मैदान निर्माण उपभोक्ता समितिको सहआयोजना र न्यु भानु आदर्श युवा क्लवको संयोजनमा प्रतियोगिता सञ्चालन भएको हो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेकपाका युवा नेता एवं प्रतिनिधिसभा सदस्य तिलक महतले कावासोती ३ को रामनगर खेलमैदान क्षेत्रमा स्थायी सदरमुकाम बनाउने बताएका छन् । प्रतिनिधिसभा सदस्य महतले खेल शुरु हुनु पुर्ब रेफ्रिलाई बल हस्तान्तरण गर्दै सोही ठाँउमा अबको केही महिनामा प्रधानमन्त्रि केपी शर्मा ओलीबाट स्थायीरुपको सदरमुकामको शिलन्यास हुने दावी समेत गर्नुभयो ।

कावासोती ३ को थकालीचोकबाट उत्तर क्षेत्रमा पर्ने खाली चौर रहेको १ सय ८४ बिगाहा क्षेत्रमा जिल्लाको सदरमुकाम बनाउने तयारी भैरहेको छ । अहिले सो जग्गाको लागी जिल्ला तहबाट निर्णय भएर भुमिसुधार तथा गरिबी निवारण मन्त्रालयमा फाईल पुगी सकेको छ । मेयर कप उद्धाटन कार्यक्रम कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस