२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

भरतपुरको गौरीगञ्ज विद्यालयमा तोडफोड, चार जना पक्राउ

२०७५ मंसिर २३, आईतबार प्रकाशित ( साल अघि) ११०८ पाठक संख्या

चितवन, मंसिर २३ – गयराती केही समूहमा आएका अज्ञात व्यक्तिहरुले भरतपुर महानगरपालिका वडा नं. ८ मा रहेको श्री माध्यामिक विद्यालय गौरीगञ्जमा  तोडफोड गरेका छन् । 
विद्यालयमा  प्रवेश गरेका अज्ञात व्यक्तिहरुले  कक्षाकोठाका झ्यालका सिसा ,कम्प्युटर , ल्याव  फोडेको विद्यालय प्रशासनले जनाएको छ । विज्ञान प्रयोगशालाका सामाग्री र विद्यालयका अन्य भौतिक संरचना तोडफोड गरी करीब ७५ लाख बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक हुतराज उपाध्यायले जानकारी दिए । तोडफोड गर्ने चार जनालाई  चितवन प्रहरीले पक्राउ गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस