२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सुनवलमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

२०७५ मंसिर २३, आईतबार प्रकाशित ( साल अघि) ११०४ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा आईतवार विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विहान सवा नौं बजे तिर सुनवल ४ बाह्रघरे स्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा लु १ ख ६७९४ नम्बरको ट्यांकरले ग १५ प ३४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ का प्रविन गुरुङ र सोही ठाउँका मोटरसाइकलमा सवार २६ बर्षका विनोद बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ । ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेको छ। ठक्कर दिने ट्यांकरका चालक फरार रहेका छन्।

     प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस