२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

सडक महोत्सवको प्रचार टोलि नवलपुरमा

२०७५ पौष ३, मंगलबार प्रकाशित ( साल अघि) ११४५ पाठक संख्या

बिजय चालिसे 

मङ्सिर, ०३, कावासोती । पोखरा सडक महोत्सवको प्रर्वद्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ । नवलपुरको पर्यटकिय क्षेत्र अमलटारी होमस्टेमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आगामी पुस १३ गतेदेखि हुने पोखरा सडक महोत्सवका बारेमा जानकारी गराईएको थियो ।

नवलपुर उधोग बाणिज्य सङ्घको ब्यबस्थापनमा आयोजित कार्यक्रममा बोल्दै रेवान पोखराका पुर्ब अध्यक्ष सुर्य भुजेलले धेरै भन्दा धेरै स्वदेशि तथा विदेशी पर्यटक पोखरा भित्र्याउन आफुहरु देशका विभिन्न पर्यटकिय ठाउँमा प्रचार प्रसार अभियानमा हिडेको बताउनुभयो । उहाले आगामी बर्षबाट यो महोत्सव नेपाल महोत्सवका रुपमा सन्चालान गर्ने तयारी भैरहेको बताउनुभयो । उहाले भन्नुभयो- यो महोत्सव पोखरा सडक महोत्सवका रुपमा नभै नेपाल महोत्सबका रुपमा सन्चालन गर्ने योजना बनाएका छौ, सरकारसङ्ग पनि यो विषयमा छलफल भैरहेको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कलाकारहरुको साँस्कृतीक कार्यक्रम, अन्तर्रा्ष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायत मुख्य आकर्षणका रुपमा रहने रेवान पोखराका महासचिव गणेश बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यश बर्षको महोत्सब्मा चाइना, पाकिस्तानलगायतका देशहरुबाट पनि सास्कृतिक टोलि आउने तय भएको छ ।

कार्यक्रममा ‘सडकमै खाउँ, सडकमै नाचौ, सडकमै रमाऔं’ भन्ने मुल नारासहित सुरु हुन लागेको २० औं सडक महोत्सवको प्रचार प्रसार देशब्यापी बनाईएको महासचिब थापाले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा पर्यटकिय केन्द्र लेकसाईडको ३ किलोमिटर क्षेत्रलाई महोत्सबमय बनाईने र सडकमै नाच्ने, गाउने एवं खान पाउने ब्यबस्था गरिनेछ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाशुराज पोखरेलले पछिल्लो समय नवलपुरले पनि पर्यटन विकासका लागि विभिन्न किसिमका महोत्सव लगायतका कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस