२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

पुस १५ देखि श्रम स्वीकृति लिन काठमाडौं धाउनु नपर्ने,

२०७५ पौष ४, बुधबार प्रकाशित ( साल अघि) १३९७ पाठक संख्या

विराटनगर, धनुषा, बुटवल, सुर्खेत, पोखरा र धनगढीमा कार्यालय खोलियो


५ पौष २०७५, बिहिवार। आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने भएको छ । अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने पक्का भएको छ ।


मन्त्रालयले बिदामा आएका कामदारलाई सहज सुविधा दिन काठमाडौं केन्द्रित सुविधालाई प्रदेशमा लगेको हो। काठमाडौंस्थित वैदेशिक श्रम कार्यालयले बिदामा आउने झन्डै ५ हजार कामदारलाई दैनिक पुन: श्रमस्वीकृति दिँदै आएको छ। श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरमा विराटनगर, धनुषा, बुटवल, सुर्खेत, पोखरा र धनगढीमा कार्यालय खोलिएको छ।

संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रीकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ अहिले काठमाडौंको ताहाचलमा श्रम इजाजत लिन ठूलो भीडा लाग्दा ठूलो सास्ती छ ।

अब यो समस्या हट्ने र सहज रुपमा सेवाग्राहीले सेवा लिन पाउने श्रम मन्त्री गोकर्ण बिष्टको विश्वास छ । कार्यालयहरुमा टोकनसहितको सहज श्रम स्वीकति लिने व्यवस्था मिलाउने योजना मन्त्रालयको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस