२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा फेरी यात्रुबाहक बस पल्टियो,एकको मृत्यु, २५ जना घाइते

२०७५ पौष ५, बिहिबार प्रकाशित ( साल अघि) ९९९ पाठक संख्या


नवलपुर , ५ पुस – नवलपुरमा आज फेरी यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ मा झिनकी भणरिनिया खोलामा खसेको हो । बस  खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको मृत्यु भएको  छ।

घाइते मध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।  घाइतेहरुको कावासोती, भरतपुर र बुटवलमा उपचार भैरहेको छ।

मंगलबार पनि नवलपुरको मध्यविन्दुमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । त्यो बस पनि सडक छेउमा पल्टिएको थियो ।

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस