२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

ल्होसारमा ३ दिन शैक्षिक संस्था बन्द गर्न कावासोतीका गुरुङ्गहरुको माग

२०७५ पौष ६, शुक्रबार प्रकाशित ( साल अघि) १०९९ पाठक संख्या

बिजय चालिसे

पौष, ०६, कावासोती । त्मु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद कावासोती नगर परिषदले तमु ल्होसारका अवसरमा स्थानिय तहमा तिन दिन विदा दिनुपर्ने माग गरेको छ । नवलपुरको कावासोतीमा आज पत्रकार सम्मेलन गर्दै परिषद कावासोती नगरका अध्यक्ष बिष्णु बहादुर गुरुङ्गले पुस १५ गते परेको तमु समुदायको महान पर्व तमु ल्होसारको अवसरमा स्थानिय तहमा १४, १५ र १६ गते तिन दिन शैक्षिक संस्थाहरुमा विदा दिनुपर्ने माग गर्नुभएको हो ।

अध्यक्ष गुरुङ्गद्वारा जारी प्रेस बिज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनमा गुरुङ समुदायको अमुल्य योगदान रहेको भन्दै तमु ल्होसारको अवसरमा दिइएको सार्बजनिक बिदा पनि वर्तमान सरकारले कटौती गरेको भन्दै आपत्ति जनाईएको छ ।

विज्ञप्तिमा तमु ल्होसारका बेला विद्यालयमा पठन पाठन भए आफ्ना समुदायका विद्यार्थीहरु पठनपाठनबाट बञ्चित हुने भन्दै ३ दिन विद्यालय बन्द गर्न माग गरिएको छ । गुरुङ्गले यस विषयमा सामुदायिक विद्यालयका लागि कावासोती नगरपालिकाको शिक्षा शाखामा र निजि विद्यालय वन्द गर्न माग गर्दै प्याव्सनलाई पत्रचार गरिसकिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा सहभागि परिषदका केन्द्रिय सह कोषाध्यक्ष तौ बहादुर गुरुङ्गले वर्तमान सरकारले यसअघि दिदै आएको पुस १५ गतेको सार्वजनिक विदा कटौती गरेकोमा आफुहरुलाई दुख लागेको बताउनुभयो । उहाले पुस १५ सम्म पनि आफुहरुको मागलाई वेवास्ता गरिए आन्दोलनका कार्यक्रम झन चर्काउने बताउनुभयो । अहिले पनि आदिवासी जनजातीहरुको आन्दोलन जारी रहेको भन्दै गुरुङ्गले पुस १५ पछि पनि माग पुरा नभए आन्दोलनले निरन्तरता पाउने जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस