२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

काठमाडौंमा मैयाँ चर्चा

२०७५ पौष ९, सोमबार प्रकाशित ( साल अघि) ११६८ पाठक संख्या


९ पुस , काठमाडौं / नेपाली साहित्य लेखन अझै पनि परम्पराबादकै सिलसिलामा हिंडिरहेको केही समीक्षकहरुले बताएका छन् । मैयाँ कथा संग्रहको चर्चा कार्यक्रममा समालोचक राजकुमार बानियाँले अधिकांश नयाँ पुस्ताले पनि पुरानै लेखन र शैलीलाई अनुसरण गरेको दाबी गरे । उनले भने – प्रकाशकले पनि यस्तै कथाबस्तुलाई बजारको माग मान्ने गरेको छन् ।

सर्वनाम थिएटरमा शनिबार आयोजित कार्यक्रममा बाबू त्रिपाठीले मैयाँका सन्दर्भमा रहेर राजकुमार बानियाँ, हरिमाया भेटवाल, बिबेक ओझा र कथाकार निर्दोष जीवनसँग संवाद गरे । हरिमाया भेटवालले समयानुकूल लेखकले पाठकको रुचि हेरेर लेख्नुपर्ने बेला आएको बताइन् । साहित्य बजारमा अहिले लेखक र प्रकाशक उत्तिकै संख्यामा रहेका र पाठकले भने फरक स्वाद खोजिरहेको बिबेक ओझाले तर्क राखे ।

लेखक निर्दोष जीवनले आफुले देखे भोगेका सामाजिक कुरालाई कथा बनाएर मैयाँमा समेटेको दावी गरे । मैयाँमा उन्नाइस वटा कथाहरू छन् । चितवन घर भएका निर्दोष जीवन उतै बसोबास गर्छन् । उतैको साहित्यिक गतिविधिमा उनी सक्रिय पनि छन् । कथा सँगसँगै गजल लेखन र गायनमा पनि उनको क्रियाशीलता बाक्लो देखिन्छ । २५० रुपैयाँ मूल्य राखिएको किताब युरेका पब्लिकेसन्सले छापेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस