२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना : १ जनाको मृत्यु

२०७५ पौष ९, सोमबार प्रकाशित ( साल अघि) १२३७ पाठक संख्या

पुस ९ , कावासोती – नवलपुर जिल्लामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका-१२ बस्ने ४५ वर्षीया कमला भण्डारी रहेकी छन् ।

भैरहवा बाट काठमाण्डौ आउँदै गरेको लु १ ख ८६७७ नम्बरको बसले सोही तर्फ जाँदै गरेको ना ५६ प ६५७३ नम्बरको स्कुटरलाई सोमबार साँझ हर्कपुर चोक नजिकै ठक्कर दिँदा दुर्घटना भएको हो । बसको ठक्करबाट घाईते भएकी भण्डारीको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उनलाई ठक्कर दिने चालक फरार रहेको र बस इलाका प्रहरी कार्यलय गैंडाकोटको नियन्त्रणमा रहेको र फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस