मंसिर २७, कावासोती । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको निधन भएको छ । सांसद घर्तीमगरलाई गएको मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो। एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुर्याएर सांसद घर्तीमगरलाई अस्पतालको लिभर आइसीयुमा राखिएको थियो।
घर्तीमगरको गएराति १ बजे मृत्यु भएको अस्पतालको डाक्टरले घोषणा गरेको उनका आफन्तले जानकारी दिए । ४६ वर्षीय घर्ती विगत केही दिनदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।
बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारीचौर सइखोलाका सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय नेता थिए । सांसद घर्तीमगर बागलुङको क्षेत्र नं २ को ‘ख’बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उम्मेदवार बनी विजयी भएका थिए ।
प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार