२०७७ भाद्र १४, आईतबार प्रकाशित (४ साल अघि) १५५१ पाठक संख्या भदौ, चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा थप पाँच दिनका लागी निषेधाज्ञा थप गरेको छ । आज बसेको नगरस्तरिय बिपद् ब्यवस्थापन समितिको बैठकले भोली भदौ १५ गतेदेखी भदौ १९ गते सम्मका लागी निषधाज्ञा थप गरेको हो ।
नगरपालिका कार्यालयद्धारा सार्वजनिक सूचनामा सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु पनि खोल्न नपाइने उल्लेख गरिएको छ । यस्तै बिद्यालयहरु पनि खोल्न पाइने छैन । यस्तै नगर भित्रका होटल, रेष्टुरेन्टहरु पनि नखोल्न निर्देशन दिइएको छ।
अत्यावश्यक काम बाहेका बाहिर निस्किने पाइने छैन भने खाद्यान्नका पसलहरु बिहानको ७ बजे देखी १० बजेसम्म मात्र खोल्ने पाइने छ । यस्तै मृत्यु संस्कारमा २५ जना भन्दा बढी मलामी जान नपाइने बताइएको छ ।
प्रशासन कार्यालयले नगरको अवस्था हेरेर नगरले नै निषेधाज्ञा जारी गर्न पाउने ब्यवस्था मिलाएकाले नगरको बिपद् ब्यवस्थापन समितिको निर्णय अनुसार नगरभित्रको अवस्था हेरेर लकडाउन जारी गर्न पाउनेछन् ।