भदौ, २३ कावासोती । नवलपुरको देवचुलीका कोरोना संक्रमित पुरुषको आज साँझ मृत्युु भएको छ ।
भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत नवलपुर देवचुली नगरपालिका १ का ६४ बर्षिय पुरुषको आज साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनमा किड्नीको समस्याका साथै निमोनियाको समस्या समेत रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
भदौं १९ गते खोेकी र स्वास्प्रश्वासमा समस्या भई अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएका उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो ।