२०७७ आश्विन २८, बुधबार प्रकाशित (४ साल अघि) १३८१ पाठक संख्या असोज २८ सुनवल । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। सुनवल नगरपालिका वडा नं. ४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । उनी मुटु रोगीसमेत रहेको बताइएको छ ।