सेसेल्स १४ फागुन । अफ्रिकी मुलुक सेसेल्स सरकारको कोरना राहत कोषमा एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट सहयोग हस्तान्तरण गरिएको छ ।
आज एक विशेष समारोहमा एनआरएनए सेसेल्स एनसीसीका तर्फबाट अध्यक्ष रामप्रसाद पन्त , मनोज बि.क. र रोजमेरी राईले स्वास्थ्य विभागकी उपनिर्देशक क्याथलिन सेसीललाई सेसेल्स रुपैया ४० हजार ( ने . रु . दुई लाख चालीस हजार ) बराबरको चेक एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट हस्तान्तरण गरेका हुन् ।
उक्त समारोहमा स्वास्थ्यमन्त्री पेग्गी भिगेडको समेत उपस्थिति रहेको थियो । पुर्वी अफ्रिका स्थित सयौ टापुहरुको सुन्दर देश सेसेल्सका पर्यटन उधोगकका विभिन्न क्षेत्रमा नेपालीहरु कार्यरत छन ।
थुप्रै नेपालीहरुको कर्मथलोको रुपमा स्स्थापित सेसेल्सलाई नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफुहरु खुशी भएको अध्यक्ष पन्तले बताएका छन् ।
कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट सेसेल्समा रहेको नेपाली समुदायलाई आभार व्यक्त गरेकी थिइन ।