हाशिवरात्रिको अवसर पारेर अभिनेत्री मनिषा कोइरालाले महामृत्युञ्जय मन्त्र सार्वजनिक गरेकी छिन् । सार्वजनिक महामृत्युञ्जय मन्त्र गायनमा मनिषालाई सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीले साथ दिएका छन् ।
सार्वजनिक गरिएको ‘महामृत्युञ्जय मन्त्र’मा राजीव श्रेष्ठको सितारा, प्रेम रानीको बाँसुरी र विकास श्रेष्ठको गितार सुन्न सकिन्छ । महामृत्युञ्जय मन्त्र संस्कृत भाषामा नै रेकर्ड गरिएको छ ।
महामृत्युञ्जय मन्त्रको भिडियो पाटन दरबारमा छायांकन गरिएको छ । राम्रो स्वास्थ्यका लागि आफूले यो मन्त्र तयार पारेको मनिषाले बताएकी छन् ।