कावासोती । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आगामी भदौ १० र ११ गते कावासोतीमा हुने भएको छ ।
संगठनको चैत्र १ मा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला कमिटीको जिम्मेवारी हेरफेर गर्दै जिल्ला अधिवेशनको निर्णय गरिएको संगठनका जिल्ला संयोजक ठाकुर पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
त्यसै गरि पराजुलीको संयोजकत्वमा ४१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको विज्ञप्तिमा जनाईएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ॠषि कट्टेलको नाममा रहेको पार्टीलाई आधिकारिकता दिने निर्णय गरे संगै नेकपा एमालेले साविकको अवस्थामा आए सँगै एमालेमा पनि नेपाल समुह र ओलि समुहमा द्वन्द चर्किएको छ ।
यसै बिच नवलपुरमा अनेरास्ववियुका छुट्टाछुट्टै दुई वटा जिल्ला समिति रहेको दुबै समुहको दाबी रहेको छ । भदौमा अधिवेशन घोषणा गर्ने समूह माधव नेपाल निकटको समूह भए पनि आफुहरु नै जिल्लामा आधिकारिक रूपमा एमालेको अनेरास्ववियु रहेको दाबी संयोजक पराजुलीले गरेका छ्न ।