२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुलीका बस्याल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

२०७७ चैत्र १२, बिहिबार प्रकाशित ( साल अघि) ११२५ पाठक संख्या

विवेक भण्डारी/नवलपुर । देवचुली नगरपालिका–३ का नारायण बस्याल ९ दिनदेखि सम्पर्कविहीन भएका छन् । बुटवलमा व्यवसाय गर्दै आएका बस्याल देवचुली आएको समयमा बेपत्ता भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

चैत ४ गते बुटवलको लक्ष्मीनगरबाट बेपत्ता भएका बस्याल ६ गते साँझ ८ बजे दुम्कौलीमा देखिए पनि अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका हुन् । परिवारले प्रहरीलाई खबर गरेको पनि नौ दिन बितिसकेको छ ।

कालिका स्कुलबाट बिहान १० बजेर ४८ मिनेटमा निस्किएका उनको मोटरसाइकल बुटवलस्थित दिव्यनगरमा भेटिएको थियो ।

तीस वर्षका नारायणलाई देख्नेले नजिकको प्रहरी चौकी वा परिवारका सदस्य धर्मागत बस्यालको सम्पर्क नम्बर ९८६७१८३६७९ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस