२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैडाकोटमा होटल मुन स्टार ११ करोडको लगानीमा सञ्चालनमा

२०७७ चैत्र १४, शनिबार प्रकाशित ( साल अघि) १०८४ पाठक संख्या

गैडाकोट : नवलपुर चितवनसँग सिमाना जोडिएको पूर्वी नवलपसरासीको गैडाकोटमा युवा व्यवसायीहरुको सामुहिक ११ करोड लगानीमा होटल मुन स्टार सञ्चालन आएइको छ ।

स्वदेशमा नै केहि गर्न पर्छ भनि नेपालमा नै फर्कीएका रामु गैरे र होटल तथा चलचित्रकर्मी ध्रुव न्यौपानेको संयुक्त लगानीमा गैँडाकोट २ शिलान्यास चोकमा सुविधा सम्पन्न होटल मुन स्टारले आजदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो ।

गण्डकी प्रदेशकै सबैभन्दा ठुलो १५ सय जना अट्ने सिट क्षमता भएको सभाहलसहित सेमिनार, भोज भतेर पार्टी गर्न एवंम् थ्री स्टारको लक्ष्य राखि होटल मुन स्टार सुरु गरेको व्यवसायी ध्रुव न्यौपानेले बताए ।

१४ बर्षदेखि जापनामा रहेर रेष्टुरेन्ट व्यवसायमा रामु गैर सक्रिय थिए । भने न्यौपाने १० वर्षदेखी होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी समेत हुन् । स्वदेशमा नै केहि नयाँपन दिन र सामृहिक लगानीमा युवाहरुलाई आर्कषित गर्न सस्तोमा ५ सय रुपैया र बढी २५ सय रुपैयासम्मका कोठा समेत रहेको रामु गैरेले बताए ।

गैरेले जापानमा मात्रै ४ वटा होटल सञ्चालनमा ल्याएका छन् । उनले नेपालमा मात्रै २ वटा होटल सञ्चालन ल्याएका छन् । भरतपुरमा समेत होटल मुन स्टार सञ्चालनमा रहेको छ । त्यस्तै न्यौपानेले १० वर्षदेखी काठमाडौंमा रेष्टुरेन्ट सञ्चालन गरेका थिए ।

नेपाली, चाईनिज, ईण्डियन, थाई लगायत यसियन फुड्सको सेवा उपलब्ध गराउने गरि होटल सञ्चालन गरिएको अर्का सञ्चालक ध्रुव न्यौपानेले बताए । ५०० देखी २२ सय सम्मका लजको व्यवस्था गरिएकोले अन्यको दाँजोमा सस्तो र सेवामा गुणस्तर गराउने उनको दावी छ । स्विमिङ् पुलको तयारी समेत भईरहेको उनको भनाई छ ।

यसअघि धौलागिरी फिल्म हलको ५ कट्ठा ५ धुरमा फैलिएको आफ्नै जग्गा सहितको भवनलाइ होटलका रुपमा व्यवस्थापन गरिएको सञ्चालक कृष्णकुमारी गैरेले जानकारी गराईन् ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको र गैँडाकोटमा ठूलो सम्भावना देखिएको बताउँदै उहाँले ५ वर्षको अध्ययनपछि होटल शुभारम्भ गरिएको रामु गैरेले बताए । । जापानामा बस्दै आएका न्यौपानेले नेपालमा नै स्थापित हुने गरेर होटलमा लगानी गरिएको बताए । ।
होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमीनार हल, ट्राभलका लागि गाडी व्यवस्था छ ।

 

नवलपुरकै उत्कृष्ट होटलको रुपमा स्थापित गर्ने होटलका व्यवस्थापक हरि पौडेलले बताए । होटल एक भव्य समारोहका विच नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्घाटन गरेका थिए सो अवसरमा उनले लगानीको वातावरण गराउन राज्यले समेत सोही अनुरुपको नीति ल्याउनुपर्ने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य महेन्द्रध्वज जिसी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचन, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष ओमप्रसाद पौडेल, बरिष्ठ कलाकार दिपक खाँड, मुञ्जुश्री संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड लगायतले युवाहरुको कदमको प्रशंसा गर्दै सफलताको कामना गरेका थिए ।सो अवसरमा संगितकार शिखर सन्तोष र नेपाल आईडलकी सहभागि सदिक्षा कट्टेलले संगीतिक प्रस्तुती दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस