नवलपरासीमा आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका-८ पिपरपाती स्थित माँ दुर्गा भेली उद्योग र शुभ लक्ष्मी भेली उद्योगमा सोमबार दिउँसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
दमलक र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।