चैत्र २९ काठमाण्डौ ।
आइतबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा मध्याह्न देखि लागेको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टरको प्रयोग गरिएको छ ।
आगो निभाउन संयुक्तरुपमा धेरै प्रयास भएता पनि आगो नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी खसालेर निभाउने प्रयास भैरहेको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायब उपरिक्षक रोशन खडकाले जानकारी दिनु भएको छ ।
निकुञ्ज क्षेत्रमा डढेलो लागेको खबर पाउना साथ काठमाण्डौ महानगरपालिका , बुढानिलकण्ठ नगरपालिका , नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो ।