२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा बस खस्यो : ३१ घाइते, ३ जनाको अवस्था गम्भीर

२०७८ बैशाख ४, शनिबार प्रकाशित ( साल अघि) ३०५७ पाठक संख्या

कावासोती । नवलपुरको दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छ्न ।

बुटवल नारायणगढ सडकमा पर्ने पूर्वी नवलपरासीको दाउन्ने पहाडबाट यात्रु बस खस्दा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये तीन कोअवस्था गम्भीर छ। उनीहरूको परिचय खुलेको छैन।

घाईते मध्ये सामान्य घाइते ५ जनाको दुम्किबास स्थित स्थानीय मेडिकलमा, २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको र गम्भीर घाइते ३ जनालाई थप उपचारको लागि चितवनको भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिपकुमार गिरीले बताए ।

बुुटवलबाट नारायणगढतर्फ जाँदै गरेको  ना ५ ख ७००० नम्बरको बस पहाडबाट २ सय मिटर तल खसेको  नायब उपरीक्षक  गिरीले बताए। बस आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस  अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटना भएको बसमा ३१ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%३%१%५०%

प्रतिक्रिया दिनुहोस