२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा ६ लाख बढीको अवैध सामान बरामद

२०७८ बैशाख ६, सोमबार प्रकाशित ( साल अघि) १९५८ पाठक संख्या

परासी । भारत र नेपालबाट भन्सार छली गरेर आयात निर्यात भइरहेको अवस्थामा ६ लाख १४ हजार ८ सय मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बल २६ गण पश्चिम नवलपरासीले बरामद गरेको छ ।

जिल्ला हेडक्वाटर सशस्त्र प्रहरी कार्यालयबाट खटिगएको मोवाईल गस्ती टोलिले बिशेष सुराकीको आधारमा भारतबाट अवैध रुपमा भन्सार छली लुकाई छिपाई नेपालतर्फ ल्याई गरेको अवस्थामा सरावल गाँउपालिका – १ बासामा सामाग्री बरामद गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी गराउनु भयो।

गस्तीका क्रममा सशस्त्र प्रहरीले थानको कपडा- ४० थान, सर्टको थान कपडा ३० थान, लेडिज टप्स ३८४ पिस, मेक्सि १५०पिस, कुर्ता सुरुवाल ३१ पिस, साडि ९ पिस लगायतका करिब ६ लाख १४ हजार ८ सय मूल्य बढीको लत्ता कपडा सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

डीएसपी रेग्मीले बरामद भएका भन्साली छलीका अवैध सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जनाउनु भयो ।

नवलपरासी पश्चिमका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले जिल्ला कमान्ड सम्हाले पछि जिल्लामा शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध, विपत व्यवस्थापन तथा अवैध मालसामान नियन्त्रण जस्ता विषयहरुलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आउनु भएको पाईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%२%१%१%

प्रतिक्रिया दिनुहोस