२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सिङ्गो गाउँनै काङ्ग्रेसमा प्रवेश, ७५ घरका ३ सय ३४ जनालाई महामन्त्री डा. शशांकले गरे स्वागत

२०७८ बैशाख ८, बुधबार प्रकाशित ( साल अघि) ५९७६ पाठक संख्या

कावासोती । नवलपुरमा एउटा सिङगो गाउँ नै नेपाली काङग्रेसमा प्रवेश गरेको छ ।

बुलिङ्गटार गाउँपालिकाको वडा ४ मा पर्ने चुलिबोझा ७५ घरधुरीका ३ सय ३४ भन्दा बढी व्याक्तिहरु नेपाल कमन्युष्टि पार्टी नेकपा तथा अन्य पार्टी परित्याग गरि नेपाली काङग्रेसमा प्रवेश गरेका हु्न ।

हिजो मंगलबार चुलिबोझामा आयोजना गरिएको कार्यक्रममा नव प्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका महामन्त्री डा। शशांक कोइरालाले पार्टीमा स्वागत गरेका थिए ।

यस अघि नेकपा एमालेको वर्चस्व रहने गरेको उक्त गाउँमा चुनाव प्रसार प्रचारका लागि आफुहरु जाने अवस्थामा नभएको काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए ।

“सिङ्गो गाउँनै प्रवेश गर्दा हामी उत्साहित भएका छौं, आफ्नै पार्टीको सरकार हुँदा पनि उहाँहरुमा निरासा थियो, उहाँहरु सिङ्गो गाउँ नै हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ, उहाँहरुलाई हामी निराश पार्दैनौ,” नवलपुर न्युज सँगको कुराकानीमा लामिछानेले भने । उक्त गाउँ नेपाली काङ्ग्रेसका महामन्त्री डा। शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्दछ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछाने , संविधान सभा सदस्य महेन्द्रध्वज जिसी , प्रदेश सांसद ओमकला गौतम, बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटी लगाएतका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२४%४१%८%१८%४%१२%

प्रतिक्रिया दिनुहोस