काठमाडौँ : बुधबार ४५ हजारभन्दा बढीले उपत्यका छाडेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ४५ हजार ७५ जनाले उपत्यका छाडेका छन् ।
मंगलबार २४ घण्टामा ५२ हजार १ सय ९० ले उपत्यका छाडेका थिए भने सोमबार उपत्यका छाड्नेको संख्या ५० हजार ४ सय ५६ रहेको थियो ।
कोभिड-१९ संक्रमण उच्च जोखिम भएपनि केही दिनअघि सरकारले निषेधाज्ञा लगाउने भएको थियो । निषेधाज्ञाको निर्णयसँगै मानिसहरू उपत्यका छाड्न थालेका हुन् ।