कावासोती । नवलपुरको मध्यविन्दुका कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका वडा नं. १२ का ७० वर्षीय पुरुषको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोहि दिन कोरोना पुष्टि भएको थियो ।
भेन्टिलेटरमा उपचाररत उनको आज विहान पौने ७ वजे मृत्यु भएको हो ।