चितवन । चितवनमा आज अहिले सम्मकै सबै भन्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आज एकै दिन थप ३९२ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चितवनका अस्पतालहरुमा १६४ जना र घरमा दुई हजार १४३ जना आइसोलेसनमा रहेका छन् ।