२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कांग्रेसका नेता कण्डेलद्वारा प्रशासनलाई हस्तान्त्रण गरे ६० थान अक्सिजन

२०७८ बैशाख २८, मंगलबार प्रकाशित ( साल अघि) १७७० पाठक संख्या

परासी, २८ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले ६० थान अक्सिजन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्त्रण गरेका छन् ।

नेता कण्डेलले पलह गरि एनआरएनए कन्गो शाखाको आर्थिक सहयोगमा उक्त ६० वटा अक्सिजन व्यवस्थापन गरि आज प्रशासन कार्यालयलाई बुझाइएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९को बढदो संक्रमणले जिल्लाबासीहरु सक्रमित भई अक्सिजनको अभावमा मृत्यु हुने गरेको छ त्यस मृत्युदरलाई रोक्न र जिल्लामा अक्सिजनको पुर्ति गर्ने उद्देश्यले नेता कण्डेलले व्यक्तिगत रुपमा पहल गरि २०० थान अक्सिजन सिलिण्डरको जोहो गरेका छन जसअन्तर्गत आज मात्र ६० थान अक्सिजन सिलिण्डर प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई हस्तान्त्रण गरिएको नेता कण्डेलका स्वकिय सचिव कमलकिसोर रायमाझीले जानकारी दिए ।

अक्सिजन सिलिण्डर लायन्स क्लब अफ बुटवल र लिओ क्लब अफ रामग्रामको व्यवस्थापनमा जिल्ला ल्याई प्रसासनलाई हस्तान्त्रण गरिएको छ । अक्सिजन सिलिण्डर, नेता कण्डेल बाहिर रहेकाले लुम्बिीनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, नेता कण्डेलका स्वकिय सचिव कमलकिसोर रायमाझी, लियो क्लब अफ रामग्राम अध्यक्ष विकाश घिमिरे, युवा सचेतना क्लबका अध्यक्ष ईमामुल अलि लगायतले उक्त ६० थान अक्सिजन सिलिण्डर प्रशासनलाई हस्तान्त्रण गर्दै थप अक्सिजनहरु चाँडै उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

अक्सिजनहरु जिल्लाका कोभिड अस्पताल र आईशोलेशन सेन्टरहरुमा व्यवस्थापन गरि संक्रमित विरामीहरुलाई दिईने छ । यसबाट तत्काल जिल्लामा अक्सिजनको अभाव हटने र विरामीहरुलाई निकै राहत हुने विश्वास गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%

प्रतिक्रिया दिनुहोस