२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) १८५३ पाठक संख्या

चोरमारा । मध्यबिन्दु नगरपालिकाको पहलमा मंगलबार चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका लागि अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख तथा उप-प्रमुखको बिशेष पहलमा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई आज ५ थान सिलिण्डर हस्तान्तरण गरेको हो ।

थपभोली ६ थान अक्सिजन सिलिण्डर स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिने उप-प्रमुख ओमकुमारी महतोले जानकारी दिनुभयो ।

चोरमारा स्वास्थ्य केन्द्रमा २ जना कोरोना संक्रमित उपचाररत छन्। भने अक्सिजन सिलिण्डर सख्या १४ पुगेको छ ।

नगरपालिकाले चोरमारा स्वास्थ्य केन्द्रलाई २० वेडको अक्सिजन सहितको आइसोलेशन निमार्ण गर्ने निर्णय गरेको थियोे ।

महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण नगरमा पनि दिनप्रतिदिन बढ्दै गईरहेको अवस्थामा उपचारको लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर थप व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकाले नगरका कोरोना संक्रमितहरुको लागि निःशुल्क दुई वटा एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१%

प्रतिक्रिया दिनुहोस