कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिकामा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये गत वैशाख ९ गते यताको अद्यावधिक विवरण अनुसार सक्रिए संक्रमित मध्ये १० जना अस्पतालमा भर्ना छन् भने अन्य १ सय २९ जना होम आइसोलेसन गाउँपालिकाको विज्ञप्ती विवरणमा उल्लेख गरिएको छ।
पिसिआर परिक्षणबाट ६७ जना महिला र ९० जना पुरुष गरी १ सय ५७ जनामा कोभिड १९ पुष्टि भएको थियो ।
जसमध्ये ५ जना महिला र १० जना पुरुष गरी १५ जना निको भएका छन् ।
यस्तै २ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको बिनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवराज काफ्लेले जानकारी दिनुभयो ।