कावासोती । नवलपुरको कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर २ का ६८ वर्षीया पुरुषको मृत्यु भएको हो।
उनको सोमबार राती १२:०० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागी स्वाब दिर्दा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको डा.शिबराज न्याैपानेले जानकारी गराउनु भएकोे छ ।
उहाँका अनुसार निमाेनिया, चिनिराेग र मृगाैलामा समस्या भई उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो ।
नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ६०० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।