२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) १४१६ पाठक संख्या

कावासोती ।  नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरिएको छ ।

जिल्ला अस्पतालमा बुधबार जडान गरिएको प्लान्टबाट दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाले जानकारी दिनुभयो ।

प्लान्ट सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले ५७ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

कोभिडको दोस्रो लहरसंँगै अस्पताललाई आइसोलेशनका रुपमा परिणत गरिएको छ।

कोभिड संक्रमितको उपचारका लागि ४० शय्या तयार पारिएको छ ।अस्पतालमा अहिले करिब ३० कोभिड संक्रमित उपचारमा छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस